प्रदेश न. ३ मकवानपुर जिल्ला बुढीचौर गाउँपालिका वडा नं. ८ फाखेलचौर स्थित श्री कालिका मा.वि.को स्थापना वि.स. २०१४ सालमा भई २०५६ साल सम्म कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षा दिई प्राथमिक विद्यालय २०५७/२०५८ र २०५९ बाट क्रमशः कक्षा ६,७, ८ सम्मको शिक्षा दिई निम्न माध्यमिक विद्यालय २०७३ र २०७४ बाट क्रमशः कक्षा ९ र १० को अनुमति प्राप्त गरी माध्यमिक विद्यालयको रूपमा स्थापित भई २०७५ को एस.इ.ई परीक्षामा २० जना विद्यार्थीहरूलाई समावेश गराउन सफल भयो । विद्यालयले शैक्षिक सत्र २०७६ बाट प्राविधिक धार तर्फ बाली विज्ञान विषयको शिक्षाको थालनी गरी प्राविधिक जनशक्ति उत्पादन गर्न थालिएको छ ।
| क्र.सं. | शिक्षकको नाम | तह | नियुुत्तिको प्रकार | शैक्षिक योग्यता | तालिम |
|---|---|---|---|---|---|
| १ | देबेन्द्र प्रसाद यादब | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
| १ | भगवान प्रसाद बर्तौला | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
| १ | उर्मिला भुुजेल | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
| १ | सानुुमाया बर्तौला | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
| १ | देबेन्द्र प्रसाद यादब | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
| १ | सानुुमाया बर्तौला | नि.मा.वि. (प्र.अ.) | अस्थायी राहत | B.ED | प्राप्त |
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
कार्य अन’भव
शिक्षक
विद्यार्थी
अवार्ड